दफा ३
परिषद्को स्थापना
: (१) खेलकुदको विकास, विस्तार, प्रवर्द्वन तथा अध्ययन, अनुसन्धान गरी खेलकुदको सञ्चालन तथा व्यवस्थापन गर्नको लागि राष्ट्रिय खेलकुद परिषद्को स्थापना गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको परिषद्मा देहाय बमोजिमका अध्यक्ष, उपाध्यक्ष र
सदस्यहरु रहनेछन् :-
(क) नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री - अध्यक्ष
(ख) खेलकुदको क्षेत्रमा विशिष्ट योगदान पुन्याएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना - उपाध्यक्ष
(ग) मन्त्रालयको सचिव - सदस्य
(घ) नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव वा निजले तोकेको सोही मन्त्रालयको सहसचिव - सदस्य
(ङ) नेपाली सेनाको खेलकुद क्षेत्र हेर्न प्रमुख - सदस्य
(च) नेपाल प्रहरीको खेलकुद क्षेत्र हेर्ने प्रमुख - सदस्य
(छ) सशत्र प्रहरी बल, नेपालको खेलकुद क्षेत्र हेर्ने प्रमुख - सदस्य
(ज) विश्वविद्यालयहरुका खेलकुद विभाग प्रमुखमध्ये अध्यक्षले मनोनयन गरेको एकजना - सदस्य
(झ) मन्त्रालयको खेलकुद महाशाखा प्रमुख -सदस्य
(ज) प्रत्येक प्रदेशको खेलकुद विकाससँग सम्बन्धित प्रदेशस्तरका संस्थागत संरचनाका कार्यकारी प्रमुख - सदस्य
(ट) खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडीहरुमध्ये सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेको कम्तीमा तीनजना महिला सहित नौजना - सदस्य तर यस खण्ड बमोजिम मनोनयन गर्दा कम्तीमा पचास प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडीहरुमध्येबाट गर्नु पर्नेछ।
(ठ) खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपीङ बिज्ञमध्येबाट अध्यक्षले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ड) नेपाल ओलम्पिक, पारा ओलम्पिक लगायतका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट मान्यता प्राप्त ओलम्पिक कमिटी मध्येबाट प्रतिनिधित्व हुने गरी सम्बन्धित कमिटीको सिफारिसमा अध्यक्षले मनोनयन गरेको दुईजना - सदस्य
(ढ) सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यहरुमध्येबाट सम्बन्धित संघको सिफारिसमा अध्यक्षले मनोनयन गरेको कम्तीमा दुईजना महिला सहित पाँचजना - सदस्य
(ण) उद्योग वाणिज्य महासंघको सिफारिसमा अध्यक्षले मनोनयन गरेको एकजना - सदस्य
(त) परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी अध्यक्षले मनोनयन गरेको एकजना - सदस्य
(थ) परिषद्को सदस्य-सचिव - सदस्य-सचिव
(३) उपदफा (२) बमोजिमका सदस्यको मनोनयन गर्दा भौगोलिक क्षेत्र र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।